सुदूरपश्चिम महोत्सवको ४ दिन समय थप

सुदूरपश्चिम महोत्सवको ४ दिन समय थप

धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको ४ दिन समय थप गरीएको छ । सोमवार आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको समय ४ दिन थप गरीएको जनाएको छ ।

सङ्घका अध्यक्ष पुष्पराज कुँवरद्वारा जारी विज्ञप्तिमा, शुक्रवार बिहान वर्षासँगै आएको हावाहुरीले महोत्सवलाई प्रभावित पारी व्यापारीलाई पर्न गएको समस्यालाई मध्यनजर गरि महोत्सवको समय ४ दिन थप गरीएको उल्लेख गरिएको छ । यसअघि पौष २ गते सम्म सञ्चालन हुन महोत्सव अब पौष ६ गते सम्पन्न हुनेछ ।