वेष्ट इण्डिजसँग भारत पराजित

वेष्ट इण्डिजसँग भारत पराजित

वेष्ट इण्डिजविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखलाअन्तर्गतको पहिलो खेलमा भारत पराजित भएको छ ।चेन्नाईस्थित आफ्नै मैदानमा गएराति भएको खेलमा भारत ८ विकेटले पराजित भयो ।

युवा ब्याट्सम्यान शिमरोन हेटमायर र शाई होपले उत्कृष्ट शतक प्रहार गरेपछि पहिलो खेलमा पाहुना टोली वेस्ट इन्डिजले बाजी मारेको हो ।

खेलमा भारतले प्रस्तुत गरेको २ सय ८८ रनको विजयी लक्ष्य वेस्ट इन्डिजले ४७ ओभर ५ बलमा २ विकेट गुमाउँदै पुरा गर्‍यो । विजयी टोलीका लागि हेटमायरले १ सय ३९ रन जोड्दा अर्का ब्याट्सम्यान होपले अविजित १ सय २ रन जोडे ।

होप र हेटमायरले दोस्रो विकेटका लागि २ सय १८ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको जित पक्का गरेका हुन् । श्रृंखलाको दोस्रो खेल बुधबार हुनेछ । एक दिवसिय श्रृंखलाअघिको तीन वटा टि–ट्वेन्टी खेलको श्रृंखला भारतले २–१ ले जितेको थियो ।