पीपीएलमा आज दुई खेल, पहिलो खेल विराटनगर र धनगढीबीच हुँदै

पीपीएलमा आज दुई खेल, पहिलो खेल विराटनगर र धनगढीबीच हुँदै

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (सोमबार) दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा विराटनगर टाईटन्स र धनगढी ब्लुज प्रतियोगितामा आज पहिलो खेल खेल्दैछन् । पोखरा रंगशालामा हुने दुई टोलीबीचको खेल बिहान ९ः०० बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा हुनेछन् । प्रदीप ऐरीको कप्तानीमा विराटनगर मैदान उत्रँदा धनगढीको नेपाली राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीको कप्तानीमा हुनेछ ।

सोमबार नै हुने अर्काे खेलमा काठमाडौं गोल्डेनले बुटवल ब्लास्टर्ससँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा काठमाडौंलाई जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा काठमाडौं घरेलु टोली पोखरा पल्टनसँग पराजित भएको थियो । यता बुटवल आजको खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । बुटवल सोमपाल कामीको कप्तानीमा हुुनेछ ।