जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

डोटी : जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार गर्ने भएको छ। अस्पताल व्यवस्थापन समितिको बैठकले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र  ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए। 

उनीहरुको नाम दर्तादेखि चिकित्सकीय तथा भिडियो एक्सरे र ल्याबमा कुनै पनि प्रकारको शुल्क नलिने अध्यक्ष जोशीले बताए। सेवा लिन आउने उनीहरुसँग परिचय खुल्ने कागजात भने अनिवार्य गरिएको छ। जिल्ला अस्पताल डोटीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन चिकित्सक भर्ना गर्ने निर्णय समेत गरेको छ।

अस्पतालको विकास तथा सुधारका लागि समितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिए।