पीपीएल क्रिकेट : घरेलु टोली पोखरा पल्टन्सको विजयी सुरुआत

पीपीएल क्रिकेट : घरेलु टोली पोखरा पल्टन्सको विजयी सुरुआत

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टन्सले विजयी सुरुआत गरेको छ । 

आइतबारदेखि पोखरा रंगशालामा सुरु भएको लिगको उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन्सले काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको हो । प्राप्त ११६ रनको मध्यम विजय लक्ष्य पोखराले १४.१ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो । 

पोखराका लागि कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा ६५ रन जोडे । त्यस्तै रविइन्द्र सिंहले ३८ रन जोडे । यसैगरी ओपनर आरिफ शेख १० रन भएर आउट भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेनका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन जोडे । उनले विष्फोटक ब्याटिङ गर्दै काठमाडौँको इनिङ उकासेका थिए । यसैगरी गौरभ तमोरले १३ रन जोडे भने सुशन भारीले १० रन जोडे।

पोखराका लागि रशिद खान, ललितनारायण राजवंशी र कुशल मल्लले २/२ विकेट लिए ।