पीपीएल: भाटी चम्कँदा काठमाडौंले पोखरालाई दियो मध्यम लक्ष्य

पीपीएल: भाटी चम्कँदा काठमाडौंले पोखरालाई दियो मध्यम लक्ष्य

सुबोध भाटीले ४५ रनको आक्रामक पारी खेलेपछि पोखरामा आइतबारबाट शुरु भएको पोखरा प्रिमियर लिग(पीपीएल)को उद्घाटन खेलमा काठमाडौं गोल्डन्स वारियर्सले साविक विजेता पोखरा पल्टनलाई १ सय १६ रनको मध्यम लक्ष्य दिएको छ।

भाटीले २९ बलमा ४ चौका र ४ छक्कासहित ४५ रनको इनिङ्स खेलेपछि काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो।

काठमाडौंका लागि भाटीबाहेक गौरव तमोरले १३ र सुशान भारीले १० रन जोडे। त्यसबाहेक अरुले दोहोरो रन जोड्न सकेनन्।

कप्तान ज्ञानेन्द्र मल्ल १, जयकिशन कोल्सावाला ९, सुवास खकुरेल र पवन सर्राफ ६, पृथु बास्कोटा ७ रनमा आउट भए। पोखराका ललितनारायण राजवंशी, कुशल मल्ल र रासिद खानले २-२ विकेट लिए।