फिफा वरियतामा महिला टोली ३ स्थानमाथि उक्लियो

फिफा वरियतामा महिला टोली ३ स्थानमाथि उक्लियो

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा बरियतामा ३ स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्चो निकाय फिफाले आज सार्बजनिक नयाँ बरियतामा महिला टोली ३ स्थान सुधार गर्दै ९३ औं स्थानमा पुगेको छ ।  यसअघि टोली ९६ औं स्थानमा थियो । 

यसै साता पोखरामा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा रजत जितेपछि टोलीको बरियतामा सुधार आएको हो । वरियताको शिर्ष स्थानमा अमेरीकामा रहँदा जर्मनी दोस्रो स्थानमा छ ।