नागरिकको अवस्था परिवर्तन गर्न युवालाई नेतृत्व सुम्पिनुपर्छ ?

नागरिकको अवस्था परिवर्तन गर्न युवालाई नेतृत्व सुम्पिनुपर्छ ?

देशमा धेरै ठूला आन्दोलनहरु भए,केही राजनीतिक दलले अघि सारेका त केही स्वस्फूर्त रूपमा आम नागरिकले नेतृत्व गरेका । परिवर्तनको लागि धेरैले ज्यान, समय, रगत र पसिना बगाए , अझै भन्नुपर्दा युवाले हरेक आन्दोलनमा प्रमुख भूमिका निभाए , स्वाधीनता सहितको राष्ट्र निर्माणको लागि युवाले न त भविष्य को व्यवस्था गरे न त परिवारको ,हरेक आन्दोलन मा ज्यान दिन तयार भए युवाहरू , युवाकै योगदानले गर्दा तानाशाही हरुको बिलए भयो , राणा , पञ्चायत र राजा पनि तह  लागे ।

युवाको शाहस र बलिदानले देशले पटक पटक संविधान र नागरिकले अधिकार पायो , अझै पनि युवाले नेतृत्व पाएन । २००३ सालदेखि २०६२ ६३ को जनआन्दोलनहरु नै किन नहोस, सबैभन्दा बढी योगदान युवाले दिए,तर युवालाई राष्ट्रिय राजनीति , राष्ट्र को प्रमुख नेतृत्व कहिल्यै सुम्पिएनन् ।

युवाहरुलाई केवल पार्टीका भातृ संगठन हरु बनाएर त्यसमै सीमित राखे, त्यसभन्दा माथि उठ्न उसको दाह्री र कपाल सेतो हुनैपर्ने धारणा सिर्जना गरियो।  २०४६ सालदेखि २०७६ साल सम्मको ३० वर्षको अवधिमा देशले दुई दर्जन भन्दा बढि  प्रधानमन्त्रीहरु पायो ।

यी मध्ये युवाले कहिल्यै अवसर पाएनन् । युवाको कारण देशको व्यवस्था फेरियो तर नागरिकको अवस्था फेर्न तिनै सेता कपालाहरु अग्रसर बने ! त्यसकारण देशको व्यवस्था मात्र नभएर अवस्था पनि परिवर्तन गर्न युवाले नेतृत्व पाउनुपर्छ ।

यो ३० वर्षको अवधिमा फेरिएका पात्रहरूले देशमा न त एउटा गौरवशाली राजमार्ग बनाए , न त ठूलो अस्पताल बनाए,नत कलेज नै खोले , मात्र यिनीहरूले सत्ताको रस चुसेर छोडें । अब प्रश्न गरौं , युवाले गरेको त्यागको परिणाम के त ? यसको जवाफ हामीलाई चाहिन्छ ।

राजनीतिक घटनाक्रम र इतिहास पल्टाएर हेर्ने हो भने युवाले नेतृत्व गरेका बढी जस्तो राष्ट्र समृद्ध नै छन, त्यसकारण स्वाभिमान सहितको समृद्धि को लागि नेतृत्व युवालाई सुम्पीनुपर्छ !