जाडोमा हिटर ताप्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् !

जाडोमा हिटर ताप्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् !

हिउँदे मौसमको शुरूआतसँगै जाडो छल्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ ।तर यी सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्ने मात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले यी कुरामा ध्यान दिन जरुरी छ स्

हिटरबाट उत्पन्न हुने कार्बन मोनोअक्साइड ग्यास स्वास्थ्यका  लागि हानिकारक हुन्छ । यसर्थ कोठा बन्द गरेर कहिल्यै हिटर बाल्नु हुँदैन ।

हिटरलाई बेलाबेलामा बन्द गर्ने गर्नुपर्छ र प्रयोग नभएको समयमा झनै यसलाई सधैं बन्द गर्न आवश्यक छ । राति सुत्नेबेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ ।

नजिकै बसेर हिटर ताप्नु हुँदैन । यसले छाला सुख्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् ।

बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर प्रयोग गर्नु हुँदैन । पानी, चिया, कफीजस्ता पेय पदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुख्खा हुने समस्याबाट बचाउँछ ।