पीपीएल आजबाट सुरु : उद्घाटन खेलमा पोखरा र काठमाडौं भिड्दै

पीपीएल आजबाट सुरु : उद्घाटन खेलमा पोखरा र काठमाडौं भिड्दै

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग –पीपीएल) टि–ट्वान्टी क्रिकेट आज (आइतबार) बाट सुरु हुँदैछ । उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ ।

शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम रहे पनि मौसममा आएको खराबीले एक दिन पछि सारिएको हो । आजको खेलमा दुबै टोली उत्कृष्ट नतिजा निकाल्दै प्रतियोगिताको सुरुआत गर्ने योजनामा छन् । 

पोखरा रंगशालामा हुने दुबै टोलीबीचको खेल नेपाली समयअनुसार बिहान ११ः०० मा सुरु हुनेछ । पोखरा पल्टन शरद भेषावकरको कप्तानीमा रहनेछ भने काठमाडौं गोल्डेन्स राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्रको कप्तानीमा रहनेछ । 

टिम पोखरा पल्टन : रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकिपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, शरद भेषावकर(कप्तान), कुशल मल्ल, आकश चन्द, अनिल गुरुङ, रविइन्दर सिंह, पराग खानपुकार र प्राथामेस डाके ।

टिम काठमाडौँ गोल्डेन : ज्ञानेन्द्र मल्ल (कप्तान), पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल, अमृत भट्टाई, गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी ।