जमैकाकी सुन्दरी बनिन् विश्व सुन्दरी, अनुष्का श्रेष्ठलाई ‘ब्युटी विथ प्रपस’

जमैकाकी सुन्दरी बनिन् विश्व सुन्दरी, अनुष्का श्रेष्ठलाई ‘ब्युटी विथ प्रपस’

मिस वर्ल्ड २०१९ को ताज जमैकाकी सुन्दरी टोनी एन सिंहको पोल्टामा परेको छ । यही प्रतियोगितामा सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले भने ‘व्युटी विथ प्रपस’ अवार्ड जितेकी छन् ।

इक्सल लन्डनमा १४ डिसेम्बरमा आयोजित कार्यक्रमबीच सिंह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्ड २०१९ को व्युटी प्याजेन्ट घोषित भएकी हुन् ।

सन् २०१८ कि मिस वर्ल्ड विजेता मेक्सिकोकी भनेसा पोन्सले टोनीको शीरमा क्राउन लगाइदिँदै जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् ।

२३ वर्षीया सिंह जमैकाको मोरान्टाकी हुन् । उनी फ्लोरिडा स्टेट युनिभर्सिटीबाट मनोविज्ञान र महिला अध्ययनमा स्नातक हुन् ।

मिस वर्ल्डको ताज जमैकाले कब्जा जमाएको यो चौथोपटक हो । यसअघि सन् १९६३, १९७६ र १९९३ मा पनि जमैकाकी युवती विश्व सुन्दरी घोषित भएका थिए ।

प्रतिस्पर्धामा फ्रान्सकी ओफेली मेजिनो फस्ट रनरअप र भारतकी सुमन राव सेकेन्ड रनरअप घोषित भएका छन् ।

मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्युटी विथ प्रपस’ अवार्ड जितेकी छन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।