नेपालले जित्यो ‘मल्टी मिडिया’ अवार्ड

नेपालले जित्यो ‘मल्टी मिडिया’ अवार्ड

लन्डनमा जारी मिस वर्ल्ड-२०१९ अन्तर्गत मल्टी मिडिया अवार्ड नेपालले जितेको छ। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले यो अवार्ड हात पारेकी हुन्।

यसअघि गत वर्ष पनि मिस वर्ल्डको मल्टिमिडिया अवार्ड मिस नेपाल शृंखला खतिवडाले जितेकी थिइन्। बिहीबार मल्टिमिडिया अवार्डको विजेता घोषित भएपछि मिस नेपाल अनुष्काले फेसबुकमार्फत आफ्ना शुभेच्छुकसँग खुसी साटेकी छन्। आफूलाई यो अवार्ड जिताउन भोट गर्ने र प्रचारप्रसारमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद भनेकी छन्।

यस वर्षको मिस वर्ल्ड प्रतियोगिताको फाइनल शनिबार लन्डनमा आयोजना हुँदैछ। यसअघि आफ्नो समूहमा हेड टु हेड च्यालेन्ज जितेर मिस नेपाल अनुष्काले प्रतियोगिताको शीर्ष ४० स्थान सुरक्षित गरिसकेकी छन्। उनी ब्युटी विथ पर्पोजको विधामा पनि शीर्ष १० मा परेकी छन्।

प्रतियोगितामा विश्वका एक सय २५ देशका सुन्दरीको सहभागिता छ।