ए डिभिजन लिगको उद्घाटन खेलमा दुई पूर्व कप्तान मैदान उत्रदै

ए डिभिजन लिगको उद्घाटन खेलमा दुई पूर्व कप्तान मैदान उत्रदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल आजबाट शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालका दुई पूर्व कप्तानको टिम भिड्दैछ ।

सातदोबाटोमा हुने उद्घाटन खेल नै मच्छिन्द्र र बिग्रेडबीच हुनेछ । पूर्व कप्तान अनिल गुरुङले ब्रिगेड ब्वाइजको कप्तानी गर्दैछन् भने विराज महर्जनले मच्छिन्द्राको कप्तानी गर्दैछन् ।

गत वर्ष रेलिगेसन बिना खेलाइएको भन्दै आलोचना भए पछि यसपटक भने रेलिगेसन सहित खेल हुने भएको छ ।

दिउँसो तीन बजे उद्घाटन हुने लिगमा ९१ खेल हुनेछ । १४ क्लबको प्रतिश्पर्धा रहने लिग विजेतालाई ५० लाख पुरस्कार राखिएको छ । उपविजेतालाई ३५, तेस्रोलाई २५, चौथोलाई १५, पाँचौंलाई सात र छैटौं हुनेलाई ५ लाख पुरस्कारको राशी तोकिएको छ ।