कालापानीमा भारतीय सेनाको ‘काउन्टर’ मा नेपाली सुरक्षाकर्मी राख्ने तयारी

कालापानीमा भारतीय सेनाको ‘काउन्टर’ मा नेपाली सुरक्षाकर्मी राख्ने तयारी

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार सीमा सम्बन्धि विषयमा छलफल गर्न सरोकारवालाहरुलाई बोलाइएको थियो । जसमा विभिन्न दलका सांसददेखि गृहमन्त्री रामबहादुर थापा समेत उपस्थित भए ।

छलफलका क्रममा सांसदहरुले भारतले नेपाली भूमि समेत समेटेर आफ्नो देशको नक्सा सार्वजनिक गरेको तर नेपाली पक्षले आफ्नो भूमि रक्षाका लागि उपयुक्त पहल गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

छलफलमा सत्तारुढ दलकै सांसद भीम रावल र अग्नि सापकोटाले प्राप्त प्रमाणका आधारमा नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्न केले रोक्यो भन्दै सरकारलाई प्रश्न गरे । जवाफमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो भूमि फिर्ता लिन अनुकूल वातावरण भएको र सरकारले पहल गरिरहेको बताए ।

उनले सीमा नजिक सशस्त्र प्रहरी बल राख्न नसकिएको भन्दै उनीहरुले सीमा सुरक्षा बल मात्र हैन, गोर्खा बटालियन सेनासहित चार पाँच हजारको संख्यामा सुरक्षाकर्मी राखेको बताए । ‘त्यसको काउन्टरमा हामीले हाम्रा सुरक्षाकर्मीलाई विन्यास गरेका छौ ।

त्यहाँ जान भारतबाट जानुपर्ने भएकोले हामीले सबैभन्दा अगाडि बाटो बनाउनुपर्नेछ’ गृहमन्त्री बादलको भनाई छ ।