सुदूरपश्चिम महोत्सव बर्षाका कारण एक दिनलाई स्थगित

सुदूरपश्चिम महोत्सव बर्षाका कारण एक दिनलाई स्थगित

धनगढी : मंसिर २२ गते देखि धनगढीमा जारी सुदूरपश्चिम महोत्सव शुक्रबार बिहानै देखि परेको पानीका कारण एक दिनलाई स्थगित गरिएको छ । 

शुक्रवार बिहान वर्षासँगै आएको हावाहुरीले महोत्सवलाई प्रभावित पारे सँगै कैलाली उद्योग वाणिज्य सङ्घले एक विज्ञप्ती जारी गर्दै आजका सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ ।

सङ्घका अध्यक्ष पुष्पराज कुँवरद्वारा जारी विज्ञप्तिमा वर्षा र हावाहुरीका कारण महोत्सव सञ्चालन गर्न समस्या भएको र दर्शकलाई पर्ने समस्यालाई मध्यनजर गर्दै महोत्सव एक दिनलाई रोकिएको उल्लेख गरिएको छ ।

मंसिर २८ गते देखी भने पूर्व निर्धा्िरत कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।