सागमा पदक जित्ने खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने

सागमा पदक जित्ने खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ ।

सागमा सुदूरपश्चिम प्रदेशबाट नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानस्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

'खेलाडीहरुको मनोबल बढोस् र उच्च आत्मसम्मान प्रदान गरुन्' भन्ने उद्देश्यले स्वर्ण पदक विजेतालाई जनही १ लाख रुपैयाँ, रजत पदक विजेतालाई ५० हजार रुपैयाँ र कांस्य पदक विजेतालाई ३० हजार रुपैयाँ नगद प्रदान गरिने प्रमुख स्वकीय सचिव ओलीले बताउनु भयो ।