धनगढी ब्लुजमा दुई क्यानेडियन र एक भारतीय खेलाडी अनुबन्ध

धनगढी ब्लुजमा दुई क्यानेडियन र एक भारतीय खेलाडी अनुबन्ध

धनगढी ब्लुजले शनिबारबाट सुरू हुन लागेको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटका लागि दुई क्यानेडियन खेलाडीसहित तीन खेलाडी अनुबन्ध गरेको छ । 

ब्लुजले भारतीय खेलाडी अमित यादवसँगै दुई क्यानेडियन खेलाडी थोमस रोद्रिगो र श्रीमन्थ विजयरत्नेलाई अनुबन्ध गरेको हो । राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका दिपेन्द्रसिहं ऐरी कप्तानीमा रहेको धनगढीले विदेशी खेलाडीको कोटामा यि तिन खेलाडीलाई अनुबन्ध गरेको छ ।

थोमस रोद्रिगो र श्रीमन्थ विजयरत्ने क्यानडाको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् भने अमित यादव विश्व चर्चित फ्रेन्चाइज् लिग इन्डियन प्रिमियर लिग(आइपीएल) खेलेका खेलाडी हुन् । धनगढी ब्लुज आइतबार आफनो पहिलो खेलमा विराटनगर टाइटन्ससँग खेल्दै प्रिमियर लिग यात्रा सुरु गर्दैछ ।