एकैपटक चार सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

एकैपटक चार सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

चार दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार बजारमा सुन चार सय र चाँदी १० रुपैयाँले बढेको हो ।

बुधबार ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ४ सयले बढेर ७१ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।