कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकाले जंगली हात्तीको आक्रमणबाट बुधवार मृत्यु भएका दुई जनाको परिवारलाई किरिया खर्च बापत ५० हजारका दरले रकम उपलव्ध गराउने भएको छ।
नगरपालिकाको बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु ५० हजारका दरले रकम उपलव्ध गराउने निर्णय गरिएको नगर उप प्रमुख चिनी गिरीले बताईन्। ‘हात्तीको आक्रमणमा परेर घाईते भएका चार जनालाई उपचार खर्च वापत नगरपालिकाले २५ हजारका दरले रकम दिने निर्णय गरेको छ’ उनले भनिन्।
बैठकले हात्ती पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि संघ र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। महाकाली नगरपालिका २ चाँदनीका मायापुरी सामुदायिक वनमा घाँस दाउरा गर्न गएका ५० वर्षीया भुलिदेवि बोहरा र ३८ वर्षीया वसन्ती भट्टको हात्तिको आक्रमणमा परि मृत्यु भएको थियो।
हात्तीले आक्रमण गर्दा ठाउका ललिता बोहरा, सुनिता विष्ट,उमा साउद र सरिता ओझा घाइते भएका थिए। घाइतेहरुको निकटबर्ती भारतीय अस्पतालमा उपचार भैरहेको छ।