बर्दिया र बैतडीमा भरुवा बन्दुक बरामद

धनगढी खबर    

बर्दिया र बैतडीमा भरुवा बन्दुक बरामद
फाईल तस्बिर

प्रहरीले बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको बन्दुक मंगलबार बरामद गरेको हो ।

यस्तै, बैतडीको दशरथचन्द नगरपालिका-२ ग्वाल्लेकस्थित जंगलको ओढारमा लुकाइ राखेको बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको हो ।



बुधबार २५, मङि्सर २०७६ ०१:१९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस