कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परि मृत्यु हुनेको संख्या दुई पुग्यो

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परि मृत्यु हुनेको संख्या दुई पुग्यो

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । 

घाँस दाउरा गर्न गएका स्थानीयहरुमाथि जंगली हात्तीले आक्रमण गरेको हो । जंगली हात्तीको आक्रमणबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा महाकाली नगरपालिका दोधारा चाँदनीका ५० वर्षीया हुलिदेवी बोहरा र सोही ठेगानाको ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको हो ।

जंगली हात्तीको आक्रमणबाट सोही ठाउँका ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता बिष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।