बढ्यो पश्चिमी वायुको प्रभाव, एकाएक चिसियो मौसम

बढ्यो पश्चिमी वायुको प्रभाव, एकाएक चिसियो मौसम

एकाएक देशको मौसम चिसिएको छ । भूमध्य सागरको वायुको प्रभावले अबका केही दिन मुलुकभरको मौसम प्रभावित बन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको तर बुधबार रातिबाट पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव नेपालमा पर्ने विभागले जनाएको छ । यसबाट उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिमपातसहित धेरै ठाउँमा हल्का वर्षा हुने भएको छ।

भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकस्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट नेपाल भित्रिने गर्छ। विभागले बुधबार अपराह्नदेखि भित्रिने पश्चिमी वायुको प्रभाव शनिबारसम्म कायम रहने जनाएको छ।