मिस वर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ जित्दै अनुष्का पुगिन् शीर्ष ४० मा

मिस वर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ जित्दै अनुष्का पुगिन् शीर्ष ४० मा

बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हाँसिल गरेकी छिन् । यो जीतसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् ।

पहिलो चरणको हेड टु हेड च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्कासँगै अन्य १० देशका सुन्दरीले हेड टु हेड च्यालेन्ज जितेका छन् जसमा मोल्डोभा, भेनेजुएला, नाइजेरिया, मेक्सिको, फिलिपिन्स, गुयाना, भारत, ट्रिनिड्याड एण्ड तोबागो र प्याराग्वे रहेका छन् ।