लागु औषध खैरो हेरोहिन सहित कैलालीमा दुई पक्राउ

धनगढी खबर    

लागु औषध खैरो हेरोहिन सहित  कैलालीमा दुई पक्राउ

कैलाली : कैलालीमा लागु औषध खैरो हेरोहिन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका – ६ गुलराका भरत साउँद  र सोही ठाउँका राजुसिंह ठकुरीलाई मंगलबार साझ ३ ग्राम लागू औषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलिले टिकापुर नगरपालिका– ७ कालाकुण्डाबाट उनिहरुलाई ३ ग्राम खैरो हेरोहिन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनले पक्राउ परेकाहरूलाई लागू औषध ओसारपसार तथा सेवन मुद्दा चलाइने बताए ।



बुधबार २५, मङि्सर २०७६ १२:२८ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस