कञ्चनपुर : कञ्चनपुरमा फेरि हात्ती आतंक सुरु भएको छ । बुधबार बिहान हात्तीको आक्रमणमा परी महाकाली नगरपालिका–२ चाँदनीकी एक महिलाकाे ज्यान गएकाे छ भने पाँच जना महिला घाइते भएका छन् ।
जंगली हात्तिको बथानको आक्रमणमा परि महाकाली नगरपालिका २ चाँदनीकी ४२ वर्षीया विष्नादेवि भट्टको मृत्यु भएको स्थानीय भरत भट्टले बताए । विष्नाको मुख र टाउकोमा चोट लागेको छ । उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
घाइतेको दोधारा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत रेफर गरिएको छ । घाइते हुनेमा चाँदनीकी २२वर्षीया सरस्वती ओझा, २० वर्षीया कमादेवी साउद, ३२ वर्षीया गोमती भट्ट र नाम नखुलेका दुई जना छन् ।
मायापुर जंगलबाट निष्किएका महिलामाथी हात्तिले आक्रमण गरेको थियाे । उक्त जंगल क्षेत्रमा हात्ती धपाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले अन्य घाइतको खोजीकार्य गर्न र हात्ती धपाउनका लागि प्रहरी परिचालन गरिएको बताए ।