धनगढीको जोशी फर्निचर उद्योगमा आगलागी,२५ लाख भन्दा बढीको क्षती

धनगढीको जोशी फर्निचर उद्योगमा आगलागी,२५ लाख भन्दा बढीको क्षती

धनगढी : धनगढी उपमहानगरपालीका–२ पुरानो भन्सार रोडमा रहेको जोशी फर्निचर उद्योगमा गएराती भिषण आगलागी भएको छ । राती करिब पौने २ बजे बसन्तराज जोशीको फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट फर्निचर उद्योगमा रहेका मेसिनहरु, मोटर, जेनेरेटर र फर्निचरका विभिन्न सामान र काठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

उद्योगका सञ्चालक बसन्तराज जोशीले आगलागीबाट २५ लाख भन्दा बढीको क्षती भएको जानकारी दिए । आगो लागेको करिब दुई घण्टापछि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा साढे तीन बजे आगो नियन्त्रणमा आएको थियो ।

आगलागी कसरी भयो भन्ने एकिन जानकारी नभएको जोशीले बताए ।