पीपीएलको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने

पीपीएलको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने

पोखरा प्रिमियर लिग (पीपीएल)को उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने भएका छन् ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो, जसअनुसार शनिबार विहान साढे ११ बजे उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन खेल्नेछन् ।

दोस्रो खेल आइतबार विहान ९ बजे बिराटनगर टाइटन्स र धनगढी ब्लूजबीच हुनेछ ।