बक्सिङमा सनिलले जिते स्वर्ण, नेपालकाे स्वर्ण ५० पुग्याे

बक्सिङमा सनिलले जिते स्वर्ण, नेपालकाे स्वर्ण ५० पुग्याे

नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदककाे संख्या ५० पुर्‍याएकाे छ । मंगलबार बक्सिङमा नेपालका लागि सनिल शाहीले स्वर्ण जित्दै नेपालका लागि ५०औँ स्वर्ण दिलाएका हुन् । 

सातदोबाटोमा भएकाे पुरुष ६० केजी तौल समू काे खेलमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।उनले भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराए । 

जारी सागमा नेपालले बक्सिङमा तीन वटा स्वर्ण पदक जितेकाे छ । यसअघि मिनु गुरुङ र भूपेन्द्र थापाले बक्सिङमा स्वर्ण जितेका थिए ।

याेसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपालले ५० स्वर्ण जित्छ भनेर गरेकाे दाबी पनि यथार्थमा परिणत भएकाे छ ।