मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा

मानव विकास सूचाङ्कमा नेपाल १४७औँ स्थानमा रहेको देखिएको छ । सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार १ सय ८९ देशमध्ये नेपाल १४७ औँ स्थानमा देखिएको हो।

दक्षिण एसियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन्। मंगलबार सबै प्रदेशसहित अर्थमन्त्री युवराज खतिवडाले एक कार्यक्रमका बीच रिपोर्ट सार्वजनिक गरेका हुन्।

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचांक औषतमा ०.५२ प्रतिशतले बढेको छ। त्यस्तै जन्मदरको औषत आयु १६.१, विद्धमान शिक्षाको मध्यम वर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ ले वृद्धि भएको छ।

प्रतिवेदन अनुसार दक्षिण एसियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ ।