भारतीय गृहमन्त्री र अन्य नेतालाई अमेरिकामा प्रतिबन्ध लगाउन सुझाव

भारतीय गृहमन्त्री र अन्य नेतालाई अमेरिकामा प्रतिबन्ध लगाउन सुझाव

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी आयोग (यूएससीआईआरएफ)ले भारतीय संसदको तल्लो सदन लोकसभामा नागरिकता संशोधन विधेयक पास गरिएकोमा चिन्ता जनाएको छ । 

एक प्रेस वक्तव्य जारी गर्दै आयोगले यदि यो विधेयक संसदमा पास भएमा अमेरिकी सरकारले भारतका गृहमन्त्री अमित शाह र अन्य प्रमुख नेतालाई प्रतिबन्ध लगाउने बारेमा विचार गरिनुपर्ने जनाएको छ ।

सोमबार राति अबेर लोकसभामा नागरिकता संशोधन विधेयक पास भएको छ भने अब यसलाई राज्यसभामा पेश गरिनेछ । यो विधेयकमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानका ६ अल्पसंख्यक समुदाय हिन्दु, बौद्ध, जैन, फारसी,ईसाई र सिख लगायत सरोकारवाला मानिसलाई नागरिकता दिने प्रस्ताव गरिएको छ ।