खेलाडिका लागि प्रधानमन्त्रीको ‘सर्प्राईज गिफ्ट’ घोषणा हुने

खेलाडिका लागि प्रधानमन्त्रीको ‘सर्प्राईज गिफ्ट’ घोषणा हुने

फुटबल फाइनलसँगै तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुरुष फुटबलको फाईनल खेल सकिएपछि सागको पनि बिसर्जन हुनेछ । 

सागमा नेपालले ठूलै उपलव्धि हासिल गरेको खुशियालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडिहरुलाई आकर्षक पुरस्कारको घोषणा गर्ने तयारी गरिसकेको बुझिएको छ ।

अस्वस्थ्यताका कारण समापन समारोहमा उपस्थित हुन असमर्थ प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट सागमा सहभागी सार्क राष्ट्रका खेलाडि र दर्शकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले नेपालका बिजयी खेलाडिहरुका लागि आकर्षक उपहार घोषणा गरी उनीहरुको सम्मान गर्ने भएका छन् ।

काठमाडौं–पोखरा–जनकपुरधाममा मङ्सिर १० गतेदेखि साग खेल सुरु भएको थियो । यसवीच १० दिनसम्म चलेको सागको अन्तिम दिन आज १५ स्वर्णका लागि स्पर्धा हुँदैछ । समापन समारोह अघि तीन बजेदेखि फुटबलमा स्वर्ण पदकका लागि नेपाल र भुटानवीच प्रतिष्पर्धा हुँदैछ ।