कोहलपुर घटना : निषेधाज्ञा हटाइयो

कोहलपुर घटना : निषेधाज्ञा हटाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर वरिपरिको निषेधाज्ञा हटाएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावका कारण लगाइएको निषेधाज्ञा मंगलबार बिहान साढे १० बजेदेखि हटेको हो ।

प्रशासनले पूर्वमा चप्परगौँडी¸ पश्चिममा किरण नाला¸ उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म निषेधाज्ञा जारी गरेको थियो।

कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार कोहलपुर तनावग्रस्त रह्यो। सोम सबै विद्यालय सोमबार बन्द गराइएको थियो।

त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।