बुधबारदेखि हिमाली क्षेत्रमा भारी हिमपात, पहाडमा पानी पर्ने

बुधबारदेखि हिमाली क्षेत्रमा भारी हिमपात, पहाडमा पानी पर्ने

पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली नेपालतिर सरिरहेका कारण भोली (बुधबार) बेलुकीदेखि हिमाली क्षेत्रमा भारी हिमपात हुने भएको छ।

यो वायुले पहाडी क्षेत्रमा पनि बर्षा गराउने मौसमविदहरुले जानकारी दिएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार बेलुकीदेखि हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेको छ। पश्चिमी वायुको प्रणाली बुधबार बेलुकीसम्म नेपाल प्रवेश गर्नेछ।

बुधबार रातीदेखि नेपालको पश्चिमका उच्च–पहाडी र हिमाली क्षेत्रमा यसको असर देखिनेछ।  बिहीबार बेलुकीसम्म यो वायु प्रणालीको असर नेपालका सबै भूभागमा देखिनेछ ।

हिमपात र बर्षाका कारण मौसममा बदली भई देशभरि नै चिसो बढ्ने हुनाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविदहरुले सुझाव दिएका छन्।