आजको बिनियम दर, डलरको भाउ घट्यो

आजको बिनियम दर, डलरको भाउ घट्यो

आज नेपाली रुपैयाँसँग अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ। अमेरिकी डलरको खरिददर र बिक्रीदर २५ पैसाले घटेको छ।  युरो एकको खरिददर र बिक्रीदर दुवै ११ पैसाले घटेको छ । यस्तै बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर र बिक्रीदर तीन पैसाले घटेको छ। 

आज एक सिङ्गापुर डलरको खरिददर १३ पैसा र  बिक्रीदर १२ पैसाले घटेको छ।  साउदी रियाल एकको खरिददर र बिक्रीदर ७ पैसाले, कतारी रियाल ६ पैसाले, यूएई दिर्हाम एकको खरिददर ७ पैसा र बिक्रीदर ६ पैसाले घटेको छ। आज मलेसियन रिंगिटको खरिददर र बिक्रीदर दुवै ७ पैसाका दरले घटेको छ।  

कुवेती दिनार एकको खरिददर १ रुपैयाँ १२ पैसा र  बिक्रीदर १ रुपैयाँ १३ पैसाले घटेको छ। बहराइन दिनार एकको खरिददर र बिक्रीदर ६६ पैसाका दरले घटेका छ। बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।