आज विश्व मावअधिकार दिवस मनाइँदै

आज विश्व मावअधिकार दिवस मनाइँदै

विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस मनाइँदैछ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७१औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् । 

राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ।”

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवर्द्वन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा  खुशी व्यक्त गरेकी छिन्।

“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ। मानवअधिकार घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो।