नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक खड्काले दिए राजीनामा

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक खड्काले दिए राजीनामा

नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनमा भारतसँग २–० ले हारेसँगै प्रशिक्षक खड्काले राजीनामा दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका प्रशिक्षक खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए । तर उनले कुनै न कुनै रुपमा नेपाली फुटबलसँग आबद्ध हुने प्रतिबद्धता पनि जनाएका छन्  जनाए ।

उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उपविजेता बनेको थियो । जारी सागको समूह चरणमा नेपाल भारतसँग १–० ले हारेको थियो ।