यसकारण गर्न हुँदैन आफ्नै गोत्रभित्र विहे

यसकारण गर्न हुँदैन आफ्नै गोत्रभित्र विहे

हिन्दू धर्मको सोह्र संस्कारमध्ये एक विवाह पनि हो । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध बलियो बनाउँछ । 

हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । आजकल यो परम्पराको पालन मानिसले गर्दैनन् तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध गरिएको छ । 

अनेक अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् । 

नातेदारहरूमा जीन सेपरेसन अर्थात् विभाजन हुन पाउँदैन । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ ।

यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन । बच्चामा रचनात्मकता हुँदैन । उनीहरूको मानसिक विकास पनि हुँदैन ।

मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग त्यस्ता बच्चालाई लाग्छन् ।