माघ २ गते देखी १२ गते सम्म "घोडाघोडी महोत्सब"

माघ २ गते देखी १२ गते सम्म "घोडाघोडी महोत्सब"

कैलाली : कैलालीमा घोडाघोडी साङ्गीतिक तथा पर्यटन महोत्सव एवम् व्यापार मेला २०७६ हुने भएको छ । आगामी माघ २ देखी माघ १२ गते सम्म महोत्सव आयोजना हुने भएको हो । आयोजक घोडाघोडी मिडिया सञ्चार समूहले सुखडमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी सुरु भएको जानकारी गराएको छ ।

“स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने नाराका साथ महोत्सवको तयारी सुरु गरिएको मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

भ्रमण वर्ष २०२० लाई सफल बनाउन महोत्सव आयोजना गर्न लागिएको चौधरीले बताउनुभयो । यस क्षेत्रमा रहेका घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, घोडाघोडी धार्मिक तथा पर्यटकीय, क्षेत्र बर्दगोरिया धार्मिक क्षेत्र लगाएको प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।

महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ  भने, १ करोड बढिको कारोबार हुने अध्यक्ष चौधरीले बताउनुभयो ।