साग महिला फुटबल : नेपाललाई २-० ले हराउँदै भारतले जित्याे स्वर्ण

साग महिला फुटबल : नेपाललाई २-० ले हराउँदै भारतले जित्याे स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भारतसँग नेपाल २-० ले पराजित भएको छ । 

पोखरा रंगशालामा भएको खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल खान पुग्यो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले  गोल गरिन् ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको सुरूवातमा नै अर्को गोल खायो । भारतका लागि बाला देवीले नै खेलको ५६औँ मिनेटमा दोस्रो गोल गरिन् ।

नेपालले भारतलाई हराउँदै सागमा ऐतिहासिक स्वर्ण पदक जित्ने योजना बनाए पनि त्यो सफल हुन पाएन ।  सागमा जहिले पनि नेपाल भारतसँग पराजित हुँदै आएको छ । यो प्रतियोगिताको लिग चरणमा पनि नेपाल भारतसँग एक-शून्यले नै पराजित भएको थियो ।