"फुलबारी महोत्सव" पुस १३ देखि

"फुलबारी महोत्सव" पुस १३ देखि

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा महोत्सव आयोजना हुने भएको छ । महोत्सवको चौथो सस्करणका रुपमा फुलबारी महोत्सव आयोजना हुन लागेको हो ।

न्यु बुद्ध स्पोर्ट्स युवा क्लबको आयोजनामा यहि पुस १३ गते देखि २२ गते सम्म महोत्सव हुने आयोजक क्लबका अध्यक्ष महेश गोलेले जनाउनु भएको छ । 

महोत्सवमा १ सय ५० को हाराहारीमा व्यापारीक स्टल, स्थानीय कला तथा परम्परागत सस्कृति झल्काउने खालका आदिवासी नमुना गाउँ लगायत हुने आयोजकले जनाएको छ । 

आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोलेले महोत्सवमा ४० लाखको कारोबार हुने बताउनु भयो । 

रास्ट्रीय तथा स्थानीय स्तरका कलाकारका विभिन्न प्रस्तुत, जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता लगायतका कार्यक्रम महोत्सव अवधि भरी आकर्षकका रुपमा रहेन कल्बका सचीव कृत बिष्टले बताउनु भयो ।