सुनचाँदीको मूल्य घट्दै प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्दै प्रतितोला कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबारको तुलनामा आज सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

आजको लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । 

त्यसैगरी, आइतबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।