मोटरसाइकलको ठक्करबाट धनगढीमा एक महिलाको मृत्यु

धनगढी खबर    

मोटरसाइकलको ठक्करबाट धनगढीमा एक महिलाको मृत्यु

धनगढी : धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीका मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। से ६ प २३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोमबार बिहान ६ः३० बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी जोशीको ६ः५० बजे सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

मोटरसाइकल र मोटरसाइकल चालक धनगढी २ का २१ वर्षीय गोविन्द सुनार अहिले प्रहरी नियन्त्रणमा रहेको बस्नेतले बताए।



सोमबार २३, मङि्सर २०७६ ०२:२६ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस