अत्तरियामा एक जना मृत फेला

अत्तरियामा एक जना मृत फेला

धनगढी : कैलालीको अत्तरियामा बसपार्कमा एक जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिक–२ स्थित अत्तरिया बसपार्कमा बैतडीको मल्लादेही–८ का ४४ बर्षिय दामोदर सिंह धामी सोमवार मृत फेला परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले एक सातादेखि प्रतिक्षालयमा बस्दै आएका धामीको मृत्यु भएको बताए । मृत्युको कारण भने खुल्न सकेको छैन् । शव पोष्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ ।