सागमा गौरिकाको कीर्तिमान, एउटै संस्करणमा तीन स्वर्ण जित्दै रचिन् इतिहास

सागमा गौरिकाको कीर्तिमान, एउटै संस्करणमा तीन स्वर्ण जित्दै रचिन् इतिहास

नेपालकी चर्चित महिला पौडिबाज गौरिका सिंहले १३ औं सागमा तेस्रो स्वर्ण जित्न सफल भएकी छिन्। एकै संस्करणमा तीन स्वर्ण जित्दै गोरिकाले नयाँ कीर्तिमान बनाउन सफल भएकी हुन्।

आइतबार ४ सय मिटर फ्रि स्टाइलमा गौरिकाले ४ मिनेट २५ दशमलब २८ सेकेन्डमा दुरी पुरा गर्दे तेस्रो स्वर्ण हात पारेकी हुन्।

यसअघि गौरिकाले २ सय मिटर ब्याक स्ट्रोक र २ सय मिटर फ्रि स्टाइलमा स्वर्ण हात पारेकी थिइन्। यससँगै नेपालको स्वर्ण संख्या ४५ पुगेको छ। नेपालको स्वर्ण लक्ष्य ५० हो।