सुदुरपश्चिम महोत्सव २०७६ को तयारी पुरा

सुदुरपश्चिम महोत्सव २०७६ को तयारी पुरा

धनगढी – भोलीदेखि हुने सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको नेकपाका नेता भीम रावलले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवका लागि सम्पुर्ण तयारी पुरा भएको र महोत्सवमा आउने कलाकारको पनि टुङ्गो लागिसकेको बताए ।

महोत्सवमा प्रकाश सपुत, प्रमोद खरेल, रामकृष्ण ढकाल, मञ्जु पौडेल, नविन पौडेल, चक्र बम, रामचन्द्र काफ्ले, राजेशपायल राई, पशुपति शर्मा, चेतन बोहरा, टंक तिमिल्सेना लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारले महोत्सवमा आफ्नो प्रस्तुती राख्ने आयोजकले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा १४ वर्ष देखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुदै आएको छ ।

“समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि आदि तथा बाल उद्यान सहित तीन सय बढि स्टल रहने छन ।