ट्रकको ठक्करबाट कैलालीको बडैपुरमा एक पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट कैलालीको बडैपुरमा  एक पैदल यात्रीको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका ८ बडैपुरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बडैपुरमा पैदल हिँडिरहेकी पतनीदेवी चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको ना ५ ख २५२१ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको हो । अहिले ट्रक मुनी शव च्यापिएकाले निकाल्ने प्रयास भईरहको प्रहरीले जनाएको छ ।

ट्रक चालक गणेश राना इलाका प्रहरी कार्यालय मसुरियाको नियन्त्रणमा रहेको उनले बताए ।