डोटीमा सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने

डोटीमा सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने

डाेटी : जिल्ला प्रशासन कार्यालय डाेटीले यहाँका बजारमा सैनिक पोसाक बजारमा बिक्रीवितरण गर्न बन्द गर्नेभएको छ। सैनिक पोसाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी गर्दै सैनिक पोसाक बिक्रीवितरणमा रोक लगाएको जनाएको छ।

सूचना प्रकाशित भएको दिनदेखि सैनिक पोसाक गैरसैनिक व्यक्तिलाई बिक्रीवितरण गर्न नपाइने जनाएको छ । नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको भन्दै प्रशासनले गैरसैनिकलाई उक्त पोसाक बिक्रीवितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो।

प्रशासनले सैनिक पोसाक बिक्रीवितरणमा रोक लगाएपछि यहाँका व्यापारीले आफूले बिक्रीका लागि ल्याएका सैनिक पोसाक तथा लुगा फिर्ता पठाउन थालेका दिपायल पिपल्लाका व्यापारी तथा स्थानीय खडक कुँवरले बताए।

पछिल्लो समय यहाँका ग्रामीण क्षेत्र तथा बजारमा रहेका युवाले बढी जसो सैनिक पोसाक अर्थात् क्यामोफ्लाइज कपडा प्रयोग गर्दै आएका थिए।