पुरुष क्रिकेटमा नेपाल बंगालादेशसँग पराजित

पुरुष क्रिकेटमा नेपाल बंगालादेशसँग पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। पुरुष क्रिकेटमा नेपाल फाइनल पुग्न असफल भएको छ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशसँग ४४ रनले पराजित हुँदा स्वर्ण जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन। यससँगै नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकियो । अब काश्य पदकका लागि खेल्नेछ ।

बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्यएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रन मात्र जोड्न सक्यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४३ रन र दीपेन्द्रसिंह ऐरीले ४३ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।