महिला क्रिकेटमा नेपाललाई कास्य

महिला क्रिकेटमा नेपाललाई कास्य

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला क्रिकेटको कास्य पदक आयोजक नेपालले जितेको छ । कास्य पदकका लागि शनिबार पोखरामा सम्पन्न खेलमा माल्दिभ्स विरुद्ध १० विकेटको जित निकाल्दै नेपाली महिला टोलीले कास्य हात पारे ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले सामान्य ९ रनको लक्ष्य नेपालसामू प्रस्तुत गरेको थियो । ११ ओभर ३ बलमा ८ रन जोड्दा माल्दिभ्स अलआउट भएको थियो ।

नेपालले सो लक्ष्य १ ओभर १ बलमा पुरा गर्दै जित निकाल्यो । नेपालका लागि रोमा थापाले ५ र काजोल श्रेष्ठले २ रन बनाए ।

नेपालकी अञ्जली चन्दले उक्त खेलमा सर्वाधिक ४ विकेट लिइन् । रुबिना क्षेत्री र सितारानामगरले समान २÷२ विकेट लिए । प्लेयर अफ दि म्याच उपाधि नेपालकी अञ्जली चन्दले पाइन् । स्वर्ण पदकका लागि आउँदो सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा श्रींलका र बंगलादेश भिड्दै छन् ।