१३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल अहिले बंगलादेशको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश यू–२३ टोलीले नेपाललाई जितका लागि रनको लक्ष्य दिएको छ । बंगलादेश यू–२३ ले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो।
सुरुमा नेपाली बलरले बंगलादेशलाई निकै दवाबमा राखेका थिए । ३.३ ओभरमा १६ रन ३ विकेट गुमेको थियो । सुरुवाती तीनै विकेट पारस खड्काले लिएका थिए । ४ ओभर बलिङ गरेका पारसले ३ विकेट लिएर १५ रन दिए।
१०.२ ओभरमा ४९ रन बनाउँदा ४ ४ विकेट गुमाईसकेको बंगलादेशका लागि नाज्मुल हसन र अफिफ हसनले ठूलो साझेदारी गरेपछि ठूला स्कोर बनेको हो । नाज्मुल २८ बलमा ५२ रन बनाएर आउट हुँदा र अफिफ ६० बलमा ७५ रन बनाइ नटआउट रहे।
नेपालका लागि पारसपछि उपकप्तान दिपेनद्रसिंह ऐरीले २ विकेट लिए । अभिनाश बोहराले १ किवेट लिए । पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि ज्१४१ रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो ।
साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका–२३, बंगलादेश–२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी छन् । क्रिकेटका दुई हस्ती भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएका छैनन्।